ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३७ ओटा समूहले लिए हिमाल आरोहण गर्न अनुमति    

२०७७ चैत, २४  
समाचार
Image Not Found

चैत २४, काठमाडौं । कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिमा पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका छन् ।     
     
 महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर व्यहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको छ । यतिखेर विभिन्न मुलुकबाट नेपालको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोहीले अनुमति लिइरहेका छन् ।     
     
 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ३७ ओटा आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिसन पर्मिट)  दिएको छ ।     
     
 सगरमाथाका १८ सहित ३७ ओटा आरोही समूहका ३०३ जना आरोहीलाई आरोहण अनुमति दिइएको विभागले बताएको छ । सगरमाथा आरोहणका लागि मात्रै १८ ओटा आरोही समूहले अनुमति लिएको छ ।

हालसम्म सगरमाथाको १८ ओटा आरोही समूहसहित ३७ ओटा आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिए। विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।     
     
 कोभिड महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ ।

बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले पहिलो आरोहण अनुमति लिएको छ । नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ जना बहराइनी तथा तीन जना बेलायती रहने आरोही टोली छन् ।    
     
सगरमाथामा १८ ओटा आरोही समूह     
     
 वसन्त यामको सगरमाथा आरोहणका लागि हालसम्म १८ओटा आरोही समूहका १६७ ओटा आरोहीले आरोहण अनुमति लिएका छन् ।मंगलवार मात्रै सगरमाथाका लागि एक आरोहण अनुमति जारी भएको छ ।

विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा हालसम्म सोलुखुम्बुमा पर्ने सगरमाथा ९८ हजार ८४८ दशमलव ८६ मिटर आरोहणका लागि सबैभन्दा बढी १८ ओटा आरोही समूह छन् र सोही क्षेत्रमा पर्ने ल्होत्से (८ हजार ५१६) मिटरमा चार, नुप्से (७ हजार ८६४ मिटर) मा तीन र पुमरी (७,१६१ मिटर) मा एक आरोही समूह छन् ।     
     
 यस्तै पुमरी (७ हजार १६१ मिटर) मा एक आरोही समूहलाई अनुमति दिइएको छ । गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८हजार ९१मीटर ) आरोहणका लागि चार र धौलागिरि हिमाल (८ हजार १६७ मिटर) मा तीन समूहलाई अनुमति दिएको छ भने गोरखामा पर्ने मनास्लु हिमाल (८ हजार १६३ मिटर) मा एक आरोही समूह छ ।

सङ्खुवासभामा पर्ने मकालु हिमाल (८ हजार ८४६३ मिटर) आरोहणका लागि एक समूहले अनुमति लिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्