चैत २४, काठमाडौं । दराजले चैत्र २९ गतेदेखि नव वर्षको भव्य सेल शुरु हुने घोषणा गरेको छ ।
नयाँ वर्षको अवसरमा दराजले ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छूट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर लिएर आएको जानकारी दिएको छ ।
नव वर्षको प्रमुख आकर्षणहरूमध्ये एक पेमेन्ट पार्टनर छूट रहेको छ जसमा ग्राहकहरुले सीमित डेबिट र क्रेडिट कार्डबाट प्री–पेमेन्ट गर्दा एक हजारदेखि रू. १ हजार ५०० सम्म छूट पाउन सक्नेछन् । डेबिट कार्ड भएकाहरूले एक हजारसम्मको थप छूट पाउनेछन् र क्रेडिट कार्ड भएकाहरूले १ हजार ५०० को थप छूट पाउनेछन् ।
कम्पनीको पेमेन्टर पार्टनर नबिल बैंक, सानिमा बैंक, एनएमबि बैंक, मेगा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंक रहेको छ ।
साथै ग्राहकहरुले आफ्नो ई–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि १०० सम्मको विशेष छूट पाउन सक्नेछन् त्यति मात्र नभइ, ग्राहकहरुले खेल १ रुपैयाँको, एड टू कार्ट, मिशन नव वर्ष जस्ता गेमहरुमा भाग लिइ थुप्रै उपहार जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले ‘दराज नव वर्ष २०७८’को लागि उत्साहित भएको बताए । उनले भने, ‘गएको एक वर्ष महामारीको कारणले समय निकै कठिन थियो। तर हामी विश्वस्त छौँ कि नयाँ वर्ष २०७८ हामी सबैको लागि राम्रो समय रहने छ ।’
साथै, अलरिङ्गले नयाँ वर्षको भव्य सेल शुरु गर्न धेरै उत्साहित रहेको र हजारौँ विक्रेता र ब्रान्ड पार्टनरहरूको साथ विभिन्न नयाँ उत्पादहरू, आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु र अनलाइन भुक्तानीमा विशेष साझेदार छूटहरु लिएर आउने समेत बताए ।