ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आईएमएफले बढायो विश्वको आर्थिक वृद्धि प्रक्षेपण 

२०७७ चैत, २४  
अन्तरराष्ट्रिय
Image Not Found

चैत २४, न्यूयोर्क (अमेरिका) । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रो कोष (आईएमएफ)ले विश्वको आर्थिक वृद्धिको प्रक्षेपण बढाएको छ । 

अमेरिकाको पछिल्लो चरणको स्टिमुलस कार्यक्रम र विश्वभर कोरोना भाइरस विरोधी खोप लगाउने कार्यक्रम शुरु भएकोले यस वर्ष विश्व अर्थतन्त्रप्रति कोष अलि बढी विश्वस्त देखिएको हो । 

सन् २०२१ मा विश्वको अर्थतन्त्र ६ प्रतिशतले बढ्ने कोषको अनुमान छ । जनवरीमा गरिएको प्रक्षेपणमा भने यो दर साढे ५ प्रतिशत रहने बताइएको थियो । सन् २०२२ मा भने विश्व अर्थतन्त्र ४ दशमलव ४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । यसअघिको प्रक्षेपणमा यो दर ४ दशमलव २ प्रतिशत थियो । 

विकसित अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले बढ्ने अनुमान कोषले गरेको छ । अमेरिको यसवर्ष आर्थिक वृद्धिदर ६ दशमलव ४ प्रतिशतले बढ्ने बताइएको छ । महामारीले कस्तो बाटो समात्छ भन्नेबारे उच्च अनिश्चय रहेको भएपनि यो स्वास्थ्य र आर्थिक संकटबाट पार लाग्ने स्थिति देखिने क्रम बढेको कोषकी प्रमुख अर्थशास्त्री गिता गोपिनाथले विश्वको आर्थिक परिदृश्य शीर्षकको प्रतिवेदनमा बताइन् । 

विकाशिल अर्थतन्त्र यस वर्ष ६ दशमलव ७ प्रशितले बढ्ने र भारतको आर्थिक वृद्धिदर १२ दशमलव ५ प्रतिशतसम्म पुग्ने अनुमान कोषले गरेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्