ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

घूस लिएको अभियोगमा वडासचिव विरुद्ध मुद्दा दायर        

२०७७ चैत, २४  
समाचार
Image Not Found

चैत २४, काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख रुपैयाँ घूस लिएको अभियोग लागेका काठमाडौं महानगरपालिका–३० का वडा सचिव भरतकुमार पोखरेलविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।     
     
निर्माण कार्य सम्पन्न भएपश्चात बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पोखरेललाई केही दिन पहिले घूससहित पक्राउ गरेको थियो ।

आरोपी पोखरेललाई बिगोअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्