चैत २४, कुवाङचाउ (चीन) । विश्वको क्रिप्टोकरेन्सी बजारको पूँजीकरण पहिलो पटक २० खर्ब डलरमाथि पुगेको छ ।
दोस्रो ठूलो डिजिटल मुद्रा इथरको भाउमा भएको वृद्धिसँगै सोमवार समग्र क्रिप्टो बजारले नयाँ उचाई छोएको हो । दुई महीनाभन्दा केही बढी अवधिमा क्रिप्टो बजारको पूँजीकरण दोब्बर भएको छ ।
खुद्रा र संस्थागत लगानीकर्ताहरुले लगानी ओहिराएसँगै बजारले टेवा पाएको हो । समग्र बजार पूँजीकरणमा सबैभन्दा ठूलो क्रिप्टो करेन्सी बिट्क्वाइनको अनुपात ५० प्रतिशतभन्दा धेरै छ ।
यस वर्षको अहिलेसम्मको अवधिमा मात्रै बिट्क्वाइनको भाउ १०० प्रतिशतभन्दा धेरैले बढिसकेको छ । गत महीना बिट्क्वाइनको भाउ प्रतिगोटा ६१ हजार डलरभन्दा माथिको उच्च विन्दुमा पुगेको थियो । एजेन्सी