चैत २४, विराटनगर । सनराइज बैंकले विराटनगरको टेम्पो/ई–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा शुरु गरेको छ । उक्त सेवाको शुभारम्भ विराटनगरको बरगाछीस्थित केशरीचन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट बैंकका प्रदेश १ का प्रमुख विवेक निरौलाले गरेका हुन् ।
प्रथम चरणमा ७० ओटा टेम्पो/ई–रिक्सामा क्यूआर वितरण गरी कार्यक्रम सम्पन्न भएको छ । टेम्पो तथा इ–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्नेछन् ।
डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि क्यूआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढंगले अगाडि बढाइरहेको बैंकले जानकारी दिएको छ ।
बैंकले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल तथा नेपालगञ्ज विमानस्थलको ट्याक्सीहरुमा, त्रिनगर कृषि हाटबजार, धनगढी, दक्षिणकाली मन्दिर परिसरको बजार, काठमाडौंलगायत देशभरीका विभिन्न ठाउँमा क्यूआर कोड भुक्तानीको व्यवस्था गर्दै आएको छ ।