ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

‘पूँजीबजारमा गलत सूचना प्रवाह घातक हुन सक्छ’

२०७७ चैत, २४  
समाचार लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २४, काठमाडौं । पूँजीबजारमा गलत सूचना प्रवाह घातक हुन सक्ने औंल्याइएको छ ।

मर्चेन्ट बैंकर एशोसिएशन अफ नेपाल र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा मंगलवार आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरूले पूँजीबजारमा गलत सूचना प्रवाहले लाखौं लगानीकर्ताको लगानी जोखिममा पर्न सक्ने बताएका हुन् ।

पूँजीबजार सम्बन्धी सूचनाले साधारण लगानीकर्तादेखि ठूला लगानीकर्तासम्म प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले सूचना प्रवाहमा अत्यन्त संवेदनशील हुनुपर्ने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए ।

आम लगानीकर्ताले पनि सूचना लिँदा आधिकारिक स्रोतको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । ‘गलत सूचनाका कारण लाखौं लगानीकर्ता प्रभावित हुने भएकाले सम्बद्ध निकाय पनि सूचना प्रवाहमा सजग हुनुपर्छ,’ उनले भने । 

बोर्डका पछिल्ला निर्णय र कार्यले पूँजीबजारमा नयाँ कीर्तिमान कायम हुँदै गएको दाबी गर्दै अध्यक्ष ढुंगानाले पूँजीबजारको विकास र विस्तारका लागि आवश्यक सुधार गर्दै जाने बताए । यसका लागि बोर्ड मर्चेन्ट बैंकरहरूसँग आवश्यक छलफल गर्न तयार रहेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आम लगानीकर्तालाई सूचनाको व्यवस्थापन गर्न सुझाएका छन् । गलत सूचनाले लगानीकर्तालाई नै हानि पु¥याउने भन्दै उनले आधिकारिक स्रोतको पहिचान गर्नुपर्ने आवश्यकता औंल्याए । त्यस्तै नेप्सेले आम लगानीकर्तालाई ध्यानमा राखेर काम गर्ने उनको भनाइ छ ।

सो अवसरमा सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले गलत सूचना प्रवाह हुँदा आम लगानीकर्तामा नकारात्मक धारणा विकास भएको बताए ।

प्राविधिक कारणले सिस्टममा समस्या देखिँदा पनि संस्थालाई जोडेर सूचना प्रवाह हुँदा संस्थाप्रति लगानीकर्ता रुष्ट हुने देखिएको उनको भनाइ छ । सिस्टमसँग सम्बन्धित संस्थामात्र जिम्मेवार नभएर भेण्डर कम्पनी र अन्य सेवा प्रदायक कम्पनी पनि जिम्मेवार हुने भन्दै उनले यस्ता विषय सबैले बुझ्नुपर्ने बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्