ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

माउन्टेन ड्युको ब्रान्ड एम्बेसडरमा शाही

२०७७ चैत, २५  
बजार
Image Not Found

काठमाडौं (अस) । पेय ब्रान्ड माउन्टेन ड्युले अनुपविक्रम शाही अभिनीत टेलिभिजन विज्ञापन प्रचार अभियान सुरु गरेको छ । प्रचार अभियानमा सामाजिक दबाबबाट स्वतन्त्र हुन र डरलाई जित्न प्रेरित गरिएको कम्पनीले बताएको छ ।

रोमाञ्चकारी फिल्ममार्फत नेपालका युवालाई तिनका डरमाथि काबु पाउन निरन्तर प्रेरित गर्ने क्रममा सन् २०२१ को ग्रीष्मयामका लागि नयाँ प्रचार अभियान सुरु गरिएको कम्पनीले जानकारी दिएको छ ।

‘डरको अगाडि जित छ’ नारालाई नयाँ शैलीबाट पुनः पेस गरिएको विज्ञापनमा ब्रान्ड एम्बेसडर अनुपविक्रम शाहीलाई देख्न सकिनेछ । माउन्टेन ड्युले असाधारण सफलता प्राप्त गर्न डरको चुनौतीमा आफूहरूलाई अग्रसर गराउनेहरूको साहस र हिम्मतलाई सम्मान गर्ने पेप्सीका मार्केटिङ डाइरेक्टर नसिव पुरीले बताए । माउन्टेन ड्युको नयाँ विज्ञापन टिभी, डिजिटल र सामाजिक सञ्जालमार्फत प्रचार गरिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्