ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

डेभलपमेन्ट बैंकर्स एशोसिएशनको अध्यक्षमा पोखरेल

२०७७ चैत, २५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल निर्वाचित भएका छन् । पोखरेलसहित अन्य पदाधिकारी पनि सर्वसम्मत निर्वाचित भएको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनको मंगलबारको पन्ध्रौं वार्षिक साधारणसभाले उपाध्यक्षमा सुयोग श्रेष्ठ, सचिवमा वोधराज देवकोटा, कोषाध्यक्षमा प्रवीण बस्नेतलाई चयन गरेको छ । यस्तै, सदस्यहरूमा नरेशसिंह बोहरा, प्रकाश पौडेल, श्रीचन्द्र भट्ट, नवीन सुवेदी र उमेश कुमार आचार्य निर्वाचित भएका छन् । सभाले आव ०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आव ०७७/७८ को अनुमानित आयव्यय र लेखापरीक्षक नियुक्तिलगायत प्रस्ताव सर्वसम्मत पारित गरेको छ । १५ सदस्य विकास बैंकमध्ये १४ सदस्य विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा उक्त निर्वाचन सम्पन्न भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्