ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रिलायन्स फाइनान्सले आव्हान गर्‍यो ११औं वार्षिक साधारण सभा, १०.५३% लाभांशको प्रस्ताव 

२०७७ चैत, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २५, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले वैशाख २२ गते ११औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । 

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ । कम्पनीको चैत २४ गने बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा बोनस वितरण पश्चात कायम हुने भिन्न अंकलाई भविष्यमा समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव स्वीकृत गर्ने, कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गरी सोही अनुसार कम्पनीको प्रवन्धपत्र र नियमावीमा संशोधन गर्ने, अन्य कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८३ करोड २४ लाख १६ हजार रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ६ दशमलव ५८ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो । 

साधारण सभा र लाभांश प्रयोजनका लागि वैशाख १० गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा वैशाख ९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्