ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

डिप्रोक्स लघुवित्तको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा 

२०७७ चैत, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २५, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदएको छ । कम्पनीले मंगलवादेखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको हो ।

कम्पनीले चैत २० गते सम्पन्न १९औं वार्षिक साधारण सभाद्वारा पारित ५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । 

हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

साथै, यस आर्थिक वर्ष भन्दा अगाडीको नगद लाभांश लिन बाँकी शेयरधनीलाई कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गरी लाभांश लिनसमेत कम्पनीले अनुरोध गरेको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्