ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समता र घरेलु लघुवित्तको एकीकृत कारोबार वैशाख २ गतेदेखि शुरु

२०७७ चैत, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २५, काठमाडौं । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएपछि समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट वैशाख २ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ । 

दुवै कम्पनीको पुस १४ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । 

एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले चैत १० गते र कम्पनी रजिष्ट्रारको कार्यालयले चैत १९ गते अन्तिम स्वीकृति दिएसँगै वैशाख २ गतेदेखि एकीकृत कारोबार शुरु हुन लागेको हो ।

मर्जरपश्चात उक्त कम्पनीको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका वार्ड नम्बर ८, काभ्रेपलाञ्चोकमा रहने जानकारी दिइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्