ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुधवार तीन ओटा कम्पनीको शेयरमूल्य ९% भन्दा बढीले वृद्धि 

२०७७ चैत, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २५, काठमाडौं । बुधवार कारोबारको १५ मिनेटको अवधिमा तीन ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यो दिन यूनिभर्सल पावर कम्पनी, एनआईसी एशिया लघुवित्त र रिलायन्स फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । यूनिभर्सल पावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ७० प्रतिशत बढेर अन्तिम मूल्य रू. १८१ कायम भएको छ । 

त्यस्तै, एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ९ दशमलव १२ प्रतिशतले बढेर अन्तिम मूल्य रू. १ हजार २६८ र रिलायन्स फाइनान्सको ९ दशमलव शून्य ६ प्रतिशतले बढेर अन्तिम मूल्य रू. २७७ कायम भएको हो । 

यस अवधिसम्म नेप्से परिसूचक सामान्य अंकले बढेको छ भने जलविद्युत् समूहको परिसूचक सर्वाधिक १ दशमलव १६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्