ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुनको भाउ उकालो लाग्ने क्रम जारी : बुधवार तोलामा ५०० ले वृद्धि

२०७७ चैत, २५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २५, काठमाडौं । नेपाली बजारमा बुधवार पनि सुन तथा चाँदीको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबारको दिन रू. ३०० ले उकालो लागेको सुनको मूल्य बुधवार रू. ५०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ८८ हजारमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८७ हजार ५०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ५०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८७ हजार ५५० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ८७ हजार ०५० मा कारोबार भएको थियो । 

यस्तै, बुधवार चाँदीको मूल्य पनि बढेको छ । मंगलवार प्रतितोला रू. एक हजार २३५ मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. एक हजार १४५ मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू. १० ले बढेको हो ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्