ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुधवार पहिलो घण्टामा ०.०९% ले घट्यो नेप्से (१२ बजेको अपडेट)

२०७७ चैत, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २५, काठमाडौं । बुधवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक २ दशमलव २८ अंकले घटेर २ हजार ६७२ दशमलव १९ विन्दुमा पुगेको छ ।   

२ हजार ६९४ दशमलव ५४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव शून्य ९ प्रतिशतले घटेको हो ।  

पहिलो घण्टाको अवधिमा १९१ ओटा कम्पनीको १६ हजार ९५४ पटकको कारोबारमा ३२ लाख ८३ हजार २९२ कित्ता शेयरको रू. १ अर्ब ५० करोड ५० लाख ३४ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा एनआईसी एशिया लघुवित्त र रिलायन्स फाइनान्सको शेयरमूल्य ९ दशमलव ९८ र ९ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, वित्त र लघुवित्त समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म वोमी लघुवित्तको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ११ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ८०२ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्