चैत २५, काठमाडौं । अपर सोलु हाइड्रोे इलेक्ट्रिक कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ ।
कम्पनीले रू. ३३ करोड ७ लाख ५० हजार बरारबको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ विक्रीको लागि अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले चैत १६ गते बोर्डमा निवेदन दर्ता गराएको हो । उक्त आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।