ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

०.६३ % ले बढेको बजारमा ४ ओटा कम्पनीको शेयरमूल्य ९ % भन्दा बढीले वृद्धि (१ बजेको अपडेट)

२०७७ चैत, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २५, काठमाडौं । बुधवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १६ दशमलव ८८ अंकले बढेर २ हजार ६९१ दशमलव ३४ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ६३ प्रतिशतले बढेको हो ।

दोस्रो घण्टाको अवधिमा २०६ ओटा कम्पनीको रू. ३ अर्ब ५२ करोड ६७ लाख ६७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा एनआईसी एशिया लघुवित्त, चन्द्रगिरी हिल्स, रिलायन्स फाइनान्स र यूनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १४ करोड ८८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५९९ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, अन्य, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ । जसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६ दशमलव ११ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्