ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३६० रूपैयाँमा खुल्यो ज्योति लाईफको शेयर कारोबार, खरीद चाप उच्च 

२०७७ चैत, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २५, काठमाडौं । बुधवारदेखि धितोपत्र दोस्रो बजारमा ज्योति लाईफ इन्स्योरेन्सको शेयर कारोबार खुला भएको छ । 

कम्पनीको शेयर कारोबार प्रतिकित्ता रू. ३६० देखि खुलेको हो । कारोबारको दोस्रो घण्टाको अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले बढेर अन्तिम मूल्य रू. ३८१ पुगेको छ । 

यो दिन कम्पनीको शेयर खरीद चाप उच्च रहेको छ । यस अवधिसम्म कम्पनीको २३ लाख ४६ हजार २५ कित्ता शेयर खरीद आदेश रहेको छ भने विक्री कर्ता देखिएका छैनन् । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. १२० दशमलव २९ र ३६० दशमलव ८७ तोकेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्