ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

५ अर्ब १९ करोडको कारोबार भएको बजारमा इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक हिस्सा (२ बजेको अपडेट)

२०७७ चैत, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २५, काठमाडौं । बुधवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २ दशमलव ३६ अंकले बढेर २ हजार ६७६ दशमलव ८३ विन्दुमा पुगेको छ । 

शून्य दशमलव शून्य ९ प्रतिशतले बढेको बजारमा २०९ ओटा कम्पनीको रू. ५ अर्ब १९ करोड ४१ लाख ३७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, होटल्स तथा पर्यटन, विकास बैंक, वित्त, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ । जसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ५ दशमलव ९२ प्रतिशतले बढेको छ ।

कारोबारको तेस्रो घण्टामा एनआईसी एशिया लघुवित्त, चन्द्रगिरी हिल्स, रिलायन्स फाइनान्स, यूनिभर्सल पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २१ करोड २८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५९५ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा चिलिमे हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ६९० मा रू. १७ करोड १७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्