ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोनाका कारण पाँचखाल लगानी सम्मेलन अन्योलमा

२०७७ चैत, २५  
वाग्मती प्रदेश
Image Not Found

चैत २५, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षको अन्त्यतिर गर्ने भनिएको लगानी सम्मेलन त्यतिबेला कोरोना भाइरसको संक्रमण उच्च जोखिम बढ्दै गएपछि रोकिएको थियो । 

रोकिएको लगानी सम्मेलन नगरले चालू आर्थिक वर्षमा गर्ने कार्यतालिका बनाए पनि पुनः कोरोना भाइरस्को संक्रमण बढ्नसक्ने भएपछि रोकिएको छ । 

लगानी लम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यपालिकाको योजना कोरोना भाइरस संक्रमणका कारण योजनामै सीमित भएको देखिएको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढ्दै संक्रमण बढ्ने भएपछि स्थानीय प्रशासनको सार्वजनिक अपिलसँगै नगरका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिइएको छ । 

‘यो आर्थिक वर्षमा गर्ने लक्ष्य राखेका थियौँ तर भाइरस बढ्नसक्ने देखिएपछि प्रशासनको आग्रहमा नगरका सबै कार्यक्रम स्थागित गर्‍यौँ’, नगरप्रमुख महेश खरेलले भने । 

खरेलका अनुसार कोरोना संक्रमण शून्य भएपछि चालू आर्थिक वर्षको उपयुक्त समय हेरेर लगानी सम्मेलनको तयारी गर्ने योजना पुनः बनाइने योजना थियो । नगरले गत आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न प्रारम्भिक बजेटसमेत विनियोजन गरिसकेको थियो ।

यसअघि स्थानीय तहअन्तर्गत पहिलो पटक गत साल असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरी स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट १५ अर्ब भन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए । 

काभ्रेपलाञ्चोकको पाँचखाल तिलोत्तमापश्चात लगानी सम्मेलन गर्ने दोस्रो नगरपालिका हुने देखिएको थियो । पाँच खाल क्षेत्रको समग्र विकासका लागि चालू आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न २५ लाख प्रारम्भिक बजेट छुट्याइएको खरेलले जानकारी दिए । 

उनले भने ‘पाँचखालमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका विकासका काम शुरु भएको यस अवसरमा लागानी सम्मेलन फलदायी हुने अपेक्षामा छौँ ।’

पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)का लागि निर्माणकार्य शुरु गरिएको, वृहत सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल यूथ इनोभेसन सेन्टर’ तथा एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमीन छुट्याइएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको जनाउँदै नगरले सम्मेलन गर्न लागेको थियो । 

‘विशेष गरी कृषि र पशुपालनमा लगानीकर्तालाई आकर्षण गर्ने योजनामा छौं’, खरेलले भने । उनले पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका स्थानमा सडक पुर्‍याइसकिएको तथा पुर्‍याउने काम धमाधम भइरहेको र वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको बताए । 

कृषि तथा पशुपालन क्षेत्रमा आधुनिककीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने बताइएको छ ।

‘स्थानीयवासीलाई रोजगार दिने उद्योग तथा परियोजनालाई करछूट दिन पनि छलफल गर्दैछौँ’ नगरप्रमुख खरेलले भने । उनका अुसार पाँचखालमा विभिन्न ऐतिहासिकस्थल समेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्