ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्सा–बारा क्षेत्रमा सुरक्षा प्रभावकारी बनाउन निजीक्षेत्रको माग 

२०७७ चैत, २५  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

चैत २५, वीरगञ्ज । सीमावर्ती क्षेत्रमा रहेको वीरगञ्जलगायत पर्सा–बारा क्षेत्रमा सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न वीरगञ्ज उद्योग वाणिज्य संघले माग गरेको छ ।

यस क्षेत्रमा आर्थिक क्रियाकलाप बढी हुने र खुल्ला नाका भएकोले आपराधिक गतिविधिको सम्भावना पनि बढी भएकोले सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने संघका अध्यक्ष सुवोध गुप्ताले बताए । 

पर्सामा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसँग बुधवार आयोजित परिचायत्माक कार्यक्रममा अध्यक्ष गुप्ताले आफूहरूले निजीक्षेत्रमैत्री प्रशासनको अपेक्षा राखेको उल्लेख गरे ।  

प्रमुख जिल्ला अधिकारी घिमिरेले स्थानीय शान्ति सुरक्षा कायम राखी आपराधिक गतिविधिलाई पूर्ण रुपमा निरुत्साहित तुल्याउनेतर्फ आफ्नो प्रयास रहने स्पष्ट पारे । 

बजार अनुगमन गर्दा सरोकारवाला निकायहरूको एकीकृत समूह गठन गरिने पनि बताए । वीरगञ्जको ध्वनी प्रदूषण, बजार क्षेत्रमा हुने ट्राफिक व्यवस्थापन, औद्योगिक कोरिडोरमा शान्ति सुरक्षाको व्यवस्थालगायतमा उद्यमीहरुले ध्यानाकर्षण समेत गराएका छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्