ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२ हप्ताकै उच्च विन्दुबाट तल आयो सुनको भाउ 

२०७७ चैत, २५  
अन्तरराष्ट्रिय
Image Not Found

चैत २५, सिंगापुर । अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ अघिल्लो दिन कायम भएको २ हप्ताकै उच्च विन्दुबाट तल ओर्लिएको छ । अमेरिकाको सुदृढ आर्थिक तथ्यांकले छिटै आर्थिक पुनर्बहालीको आशा बढाएसँगै सुनको भाउ दबाबमा आएको हो । 

स्पट गोल्डको भाउ बुधवार प्रतिऔंस शून्य दशमलव २ प्रतिशतले घटेर १ हजार ७३९ डलर ४६ सेन्टमा आएको थियो । गोल्ड फ्यूचर्स पनि शून्य दशमलव १ प्रतिशतको कमी सहित १ हजार ७४० डलर ९ सेन्ट कायम भएको थियो । 

मंगलवार भने सुनको मूल्य १ हजार ७४५ डलर १५ सेन्टमा पुगेको थियो । यो मार्च २५ यताकै उच्च हो । फेब्रुअरीमा अमेरिकाको रोजगारी सृजना २ वर्षकै उच्च विन्दुमा पुगेको तथ्यांक सार्वजनि भएको छ । यसले अर्थतन्त्रमा अपेक्षाकृत छिट्टै पुनर्बहाली हुने आशा बढाएको छ । एजेन्सी 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्