ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

क्रेडिट रेटिङ एजेन्सी ३ महिनामा

२०७७ चैत, २६  
१० वर्ष अघि
NA

क्रेडिट रेटिङसम्बन्धी नियमावली तयार भएको छ । अबको तीन महिनामा रेटिङको काम नै सुरु हुनेगरी तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङलाई नियमन गर्नेगरी यो नियमावली तयार पारेको हो । ‘नियमावली लगभग तयार भइसकेको छ । बोर्डको सञ्चालक समिति हुँदै मन्त्रिपरिषद्बाट समेत पारित भएर आउन करिब २ महिना जति लाग्न सक्छ ।’ धितोपत्र बोर्डका अध्यक्ष डा. शूरवीर पौड्यालले बताए । क्रेडिट रेटिङसम्बन्धी नियमावली आएको एक महिनाभित्र कम्पनी सञ्चालनमा ल्याउने हिमालयन इन्फ्रास्ट्रक्चर फन्ड लिमिटेडका निर्देशक महेश्वरप्रकाश श्रेष्ठले बताए । सो फन्डले भारतीय क्रेडिट रेटिङ एजेन्सीको संयुक्त लगानीमा छुट्टै नेपाली क्रेडिट रेटिङ एजेन्सी स्थापना गर्न पहल गरिरहेको छ । यसका लागि करिब ६ महिनाअघिमात्र प्रक्रिया सुरु भएको हो ।

भारतीय क्रेडिट रेटिङ एजेन्सी (इक्रा) सँग संयुक्त लगानीमा फन्डले नेपालमा क्रेडिट रेटिङ कम्पनी स्थापना गर्न लागेको हो । यसका सुरु लगानी रू. २ करोड हुने बताइएको छ । क्रेडिट रेटिङका लागि वित्तीय लागनीभन्दा प्राविधिक जनशक्ति बढी महत्वपूर्ण भएकाले धेरै लगानी चाहिएको श्रेष्ठले बताए । कम्पनीमा इक्राको ५१ प्रतिशत हिस्सा रहनेछ ।

अंक ४१, २०६७, जेठ ३१–असार ६

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्