ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुरक्षा प्रभावकारी बनाउन निजीक्षेत्रको माग

२०७७ चैत, २६  
प्रदेश ०२
NA

वीरगञ्ज (अस) । सीमावर्ती वीरगञ्ज लगायत पर्सा–बारा क्षेत्रमा सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न वीरगञ्ज उद्योग वाणिज्य संघले माग गरेको छ । यस क्षेत्रमा आर्थिक क्रियाकलाप बढी हुने र खुला नाका भएकोले आपराधिक गतिविधिको सम्भावना पनि बढी भएकाले सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने संघका अध्यक्ष सुबोध गुप्ताले बताए । पर्सामा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसँग बुधवार आयोजित परिचयात्मक कार्यक्रममा अध्यक्ष गुप्ताले आफूहरूले निजीक्षेत्रमैत्री प्रशासनको अपेक्षा राखेको उल्लेख गरे ।  प्रमुख जिल्ला अधिकारी घिमिरेले स्थानीय शान्ति सुरक्षा कायम राखी आपराधिक गतिविधिलाई पूर्णरूपमा निरुत्साहित तुल्याउनेतर्फ आफ्नो प्रयास रहने स्पष्ट पारे । बजार अनुगमन गर्दा सरोकारवाला निकायहरूको एकीकृत समूह गठन गरिने पनि बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्