ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मिर्छुलुङका घर–घरमा धारा

२०७७ चैत, २६  
गण्डकी प्रदेश
NA

तनहुँ । तनहुँको भीमाद नगरपालिका–५ मिर्छुलुङका घर–घरमा धारा जडान भएपछि स्थानीय खुसी भएका छन् । खानेपानीको सास्ती खेप्दै आएका यहाँका स्थानीय घरमै धारा जडान भएपछि खुसी भएका हुन् ।   
 
धरौंदीको मूलबाट सोलार प्रविधिमार्फत मिछुर्लुङका ७२ घरमा धारा जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष बाबुराम रानाले जानकारी दिए । ‘गाउँमा पानी नहुँदा कुँवा, पँधेरोको पानी जोहो गर्नुपर्ने बाध्यता थियो । अहिले त घरमै पानी आएपछि स्थानीय खुसी भएका छन्’, उनले भन्नुभयो ।   
 
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा उक्त गाउँमा खानेपानी सुविधा पुगेको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले ६८ लाख ४६ हजार २४३ रुपैयाँको लागतमा उक्त गाउँमा खानेपानी सुविधा विस्तार गरेको हो ।

खानेपानी विस्तारका लागि गण्डकी प्रदेश सरकारले ५७ लाख ८४ हजार ९०३ रुपैयाँ लगानी गरेको छ भने स्थानीयले १० लाख ६१ हजार ३४० बराबरको श्रमदान गरेको कार्यालयका प्रमुख किरण पौडेलले जानकारी दिए ।     

०७५ माघ २९ गते सम्झौता भई ०७६ पुस १५ गते सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिडको प्रभावका कारण काममा ढिलाइ भएको कार्यालयले जनाएको छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्