ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सूर्य नेपाल वेस्टर्न ओपनको फाइनलमा राई

२०७७ चैत, २६  
बजार
Image Not Found

काठमाडौं (अस) । दुई स्ट्रोकको अग्रतासहित पोखराको हिमालय गल्फ मैदानमा भएको खेलमा शुक्रबहादुर राई सूर्य नेपाल वेस्टर्न ओपको फाइनलमा प्रवेश गरेका छन् ।

उनले कुल चार अन्डर १३४ खेलेर तीन अन्डर ६६ अंक जोडे । सञ्जय लामाले कुल २ अन्डर १४२ खेलेर एक अन्डर ७१ बनाए । अमेच्युअर सुवास तामाङले पनि कुल एक अन्डर १३७ खेलेर २ अन्डर ६७ बनाए ।

भुवन नगरकोटीले दुई ओभर १४० खेलेर एक ओभर ७० अंक जोडे । सञ्जीवबहादुर नेपालीले ४–ओभर १४२ खेलेर २ अन्डर ६७ बनाएर सूर्यप्रसाद शर्मासँग बराबरी गरे । बलबहादुर राईले पनि चार ओभर ७३ अंक बनाए । विनोद तामाङ ६ ओभर १४४ मा रहे ।

पाँच गल्फरले ९ ओभर १४७ खेले । सूर्य नेपाल गल्फटुर २०२०–२१ को तेस्रो प्रतियोगितामा कुल ५१ खेलाडी सहभागी छन् । यिनीहरुमध्ये ३७ जना प्रोफेसनल र  १४ जना अमेच्योर हुन् । प्रतियोगिता सूर्य नेपालको प्रायोजनमा नेपाल पेसाकर्मी गल्फर्स संगठनले  आयोजना गरेको हो । प्रतियोगिताको पुरस्कार राशि ७ लाख ३५ हजार छ । शीर्ष तीनले क्रमशः १ लाख ३० हजार, ८४ हजार र ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्