ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनसीसी बैंक–आगन्तुक रिसोर्ट सम्झौता

२०७७ चैत, २६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । एनसीसी बैंक र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबीच विभिन्न छुट दिने सुविधासम्बन्धी प्याकेजमा सम्झौता भएको छ ।

बैंकको मुख्य कार्यालय बागबजारमा भएको सम्झौताअनुसार एनसीसी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङका ग्राहक र बैंकका कर्मचारीलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवामा विशेष छुट दिइनेछ ।

रिसोर्टले फुड एन्ड बेभरेजमा १५ प्रतिशत, स्विमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौना जाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।

हाल बैंकले १२८ शाखा, १०७ एटीएम र ८ वटा एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्