काठमाडौं (अस) । कुमारी बैंकले आफ्नो २० औं वार्षिकोत्सव देशव्यापी शाखामा विविधि सामाजिक कार्यक्रम आयोजना गरी मनाएको छ ।
प्रदेश २ मा रहेका १५ वटै शाखाबाट मन्दिर, स्थानीय परिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रम सम्पन्न गरेको बैंकले बताएको छ ।
बैंकको हरिवन शाखाले चतुर्भुजेश्वर महादेव मन्दिर सरसफाइ गरेकोे भने राजविराज शाखाले सप्तरीस्थित सखडा भगवती मन्दिर परिसरमा सरसफाइ तथा डस्बिन, मास्क र स्यानिटाइजर वितरण गरेकोे छ ।
हाल बैंकले १९२ शाखा, १६२ एटीएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको छ ।