ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

२०७७ चैत, २६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकको शाखा कार्यालय पालुङले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा साना कर्जाअन्तर्गतको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदाबी बीमाबापतको रकम हस्तान्तरण गरेको छ । बैंकले विपन्न वर्ग तथा कृषि कर्जाअन्तर्गत ६ लाख ७ हजार ५ सय रुपैयाँ हकवालालाई हस्तान्तरण गरेको हो ।

थाहा नगरपालिका–१० का स्व. विष्णु मगर र वडा–१ का स्व. देगुमाया बलामीको मृत्यु हकदाबी बीमाबापतको रकम बराबरको चेक क्रमशः रु. ५,२५,००० हकवाला कल्पना घर्ती एवं रु. ८२,५०० हकवाला रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्माले मृतकको घरमै गएर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा शाखा प्रबन्धक संगीता वज्राचार्य, सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारी तथा नायव प्रबन्धक शर्माले स्थानीय कृषकले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाको जवाफ दिएका थिए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्