ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

माथिल्लो चाकु ‘ए’ आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

२०७७ चैत, २६  
वाग्मती प्रदेश
Image Not Found

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भएको आयोजनाबाट उत्पादित विद्युत् मंगलवारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । एक सातापछि व्यापारिक उत्पादन शुरू गरिने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले जानकारी दिए ।

प्रतिमेगावाट २२ करोड रुपैयाँ लगानी भएको आयोजनाबाट हाल नदीको बहाव कम भएकाले दैनिक करीब ३ दशमलव ५ देखि ४ मेगावाट विद्युत् उत्पादन भएको छ ।

नेपाली प्राविधिकद्वारा डिजाइन गरी सम्पूर्ण कार्य नेपाली प्राविधिकद्वारा नै गरिएको आयोजनाको हेड ८१५ मिटर रहेको छ । फुल्पिङ्कट्टीको चन्द्रपुमा बाँध बाँधी मामिङको याङले फाँटमा आयोजनाको विद्युत्गृह निर्माण गरिएको छ । आयोजनाको सुरुङमार्ग ३ हजार ३०० मिटर रहेको छ ।

आयोजनाका लागि अरनिको राजमार्गको १०० किलोमिटरमा पर्ने मार्मिङको चाकु बजारबाट ३० किलोमिटर पहुँच मार्ग निर्माण गरिएको छ । उत्पादित विद्युत् आयोजनास्थलबाट २२ किलोमिटर लामो प्रसारण लाइनमार्फत लामोसाँघुस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि २०७२ को भूकम्प, नाकाबन्दी र पटकपटक बाढी पहिरोका कारण लामो समय लागेको आयोजनाले बताएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्