ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उद्योग संगठन सल्लाहकार समितिमा पूर्व अर्थसचिव खनाल

२०७७ चैत, २६  
प्रदेश ०१
NA

विराटनगर (अस) । उद्योग संगठन मोरङको नवनिर्वाचित कार्य समितिले नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा र भन्सार प्रशासनमा लामो समय आबद्ध रहेका श्याम दाहाल सम्मिलित विशिष्ठ सल्लाहकार समिति गठन गरेको छ ।

अर्थ मन्त्रालयका पूर्व सचिव खनाल, नेपाल भारत वाणिज्य सन्धि निर्माणका साथै क्षेत्रका, द्विपक्षीय र बहुपक्षीय सन्धिसम्झौता निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरी विशेषज्ञता हासिल गरेका पूर्व वाणिज्य सचिव ओझा र भन्सार प्रशासनमा लामो समय आबद्ध रही भन्सारको सबलीकरण र सहजीकरणका साथै वाणिज्य र पारवहनका क्षेत्रका अनुभवी दाहाल रहनेगरी संगठनको विशिष्ठ सल्लाहकार समिति गठन गरिएको जानकारी अध्यक्ष सुयश प्याकुरेलले दिएका छन् ।

राष्ट्रिय आर्थिक एवं औद्योगिक क्षेत्रको विकासका लागि नेपाल सरकारले तर्जुमा गर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिहरूमा उद्योग व्यवसाय क्षेत्रको संवद्र्धन र प्रवद्र्धनका लागि सरकारले संबोधन गर्नुपर्ने विषयका सम्बन्धमा अध्ययन अनुसन्धान गरी संगठनका तर्फबाट नेपाल सरकार समक्ष ठोस सुझाव प्रस्तुत गर्न विशिष्ठ सल्लाहकारले नियमित रूपमा संगठनलाई नीतिगत सल्लाह, सुझाव तथा मार्गदर्शन गर्ने अध्यक्ष प्याकुरेलले बताए ।

आर्थिक एवं औद्योगिक विकासको विविध आयाम तथा क्षेत्रका नीति ऐन, कानूनहरूको निर्माणमा लामो समयसम्म प्रत्यक्ष संलग्न भएकाहरूको विज्ञता एवं अनुभवलाई भरपूर उपयोग गरी उद्योग संगठन मोरङले आर्थिक एवं औद्योगिक विकासमैत्री नीति निर्माणका लागि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्