ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पुस्तक समीक्षा : आयकर कानून जटिल विधाको सरल पुस्तक

२०७७ चैत, २६  
विविध
Image Not Found

अन्य कानूनभन्दा आयकर सम्बन्धी कानूनलाई तुलनात्मक रूपमा बढी जटिल मानिन्छ । तर, यही जटिल विधामा सरल भाषाको पुस्तक सार्वजनिक भएको छ । कानून व्यवसायी तथा लेखक शरदप्रसाद कोइरलाद्वारा लिखित पुस्तक ‘आयकर कानून’ बजारमा आएको छ । आयकर सम्बधमा कानूनको मात्रै पृष्ठभूमि तथा परिचय नदिई समग्र आयकरको सैद्धान्तिक विषयदेखि करयोग्य आय, निर्धारणयोग्य आय, आयका विविधि आयामहरूमा सरल भाषामा जानकारी दिनु यो पुस्तकको मुख्य विषेशता हो । आयकर कानूनका सम्बन्धमा यो पुस्तकमा विभिन्न ३४ शीर्षक रहेका छन् । मूल्य अभिवृद्धि कर (भ्याट)मा स्नातकोत्तर (डिग्री) गरेका कोइराला आयकर सम्बन्धी कानून व्यवसायी हुन् ।

८३६ पृष्ठ लामो पुस्तकमा कर सम्बन्धी सैद्धान्तिक व्यवस्था, नेपालको कर प्रणाली, करको आधारदेखि कर निर्धारण, कानूनी उपचारका साथै आयकरका कस्ता प्रावधान उल्लघंन गर्दा देवानी र फौजदारी कार्य मानिन्छ भन्ने विषयमा गहन र सरल भाषामा जानकारी दिइएको छ । यसभित्र कर न्याय र कर सम्बन्धी ३०० ओटा सूचना राखिएको छ । आयकरका विषयमा यस पुस्तकबाट सहज रूपमा बुझ्न सकिन्छ । पुस्तकमा आयकरका आयाम तथा यस विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ । खासगरी यसमा सम्बन्धित कानून व्यवसायी, चार्टर्ड अकाउटेन्ट, अडिटर्स, लेखामा काम गर्ने लेखा अधिकृत र कर अधिकृतलाई लक्षित गरिएको छ । सैद्धान्तिक पक्ष पनि बढी समेटिएकाले यसमा अध्ययन, अध्यापन गराउन र खोज गर्न चाहनेका लागि पनि पुस्तक लाभदायी देखिन्छ । आयकर कानून र आयकर अध्ययन तथा अध्यापनका लागि यो पुस्तक कोसेढुंगा हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्