ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्वतमा भूकम्पले भत्किएका ७३ विद्यालय पुनर्निर्माण

२०७७ चैत, २६  
गण्डकी प्रदेश
Image Not Found

पर्वत । पर्वतमा भूकम्पले भत्किएका ७३ ओटा विद्यालयको पुनर्निर्माण सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)ले भूकम्प गएको पाँच वर्ष अवधिमा पुनर्निर्माणको प्रगति सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।  पहिलो चरणमा सम्झौता भएका विद्यालयको पुनर्निर्माण सकिए पनि दोस्रो चरणमा सम्झौता भएका ७१ विद्यालयको पुनर्निर्माण गर्न बाँकी रहेको कार्यालयका प्रमुख युक्तप्रसाद शर्माले बताए ।  

जिल्लामा २०७२ वैशाख १२ को भूकम्पले भत्किएका १५३ विद्यालय पुनर्निर्माणको सूचीमा थिए । सो संख्यामा रहेका विद्यालयको पुनर्निर्माण, ४४ ओटा विद्यालयको शौचालय र ४१ ओटा विद्यालयको खानेपानी योजनाको काम गर्नुपर्ने दायित्व कार्यालयसँग छ । कार्यालय प्रमुख शर्माले कोरोना महामारीका कारण गतवर्ष काम गर्न समस्या भए पनि कोरोना नियन्त्रण उन्मुख भएपछि विद्यालय पुनर्निर्माणले गति लिएको बताए ।

कोरोना नियन्त्रणपछि तीन ओटा विद्यालयले फिनिसिङको काम गरिरहेकाले चैतभित्रै काम सकिने बताइएको छ । आगामी पुससम्ममा सबै विद्यालयको पुनर्निर्माण सक्नुपर्नेछ । पुनर्निर्माण प्राधिकरणको म्याद पुससम्म रहेकोे हुँदा सबै काम सक्ने हतारो रहेको शर्माको भनाइ छ ।

जिल्ला आयोजना कार्यालय शिक्षामा दोस्रो चरणमा २० ओटा विद्यालयमा दुईकोठे, चारओटा विद्यालयमा तीनकोठे र ३९ ओटा विद्यालयमा दुईकोठे भवन निर्माण गर्ने सम्भौता भएको थियो । अधिकांश विद्यालयको पुनर्निर्माणको प्रगति ६५ प्रतिशत रहेको कार्यालय प्रमुख शर्माले बताए । भवन निर्माणको काम सकेका विद्यालयका बालबालिका भूकम्प प्रतिरोधी भवनमा बसेर पढ्न पाएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्