ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ज्योति विकास बैंक : कम्पनी विश्लेषण (बिहीवार, २६ चैत २०७७)

२०७७ चैत, २६  
लगानी कम्पनी विश्लेषण
Image Not Found

बैंकको शेयर मूल्य बुधवार अघिल्लो कारोबार दिनको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. २६३ पुगेको छ । यस दिन कम्पनीको शेयर ४ लाख ५० हजार १७३ कित्ता शेयर खरिद विक्री भएको हो ।

बैंकले १२ लाख ८७ हजार ८८४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको हो । बैंकको शेयर संरचना संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फको शेयर स्वामित्व ४९ प्रतिशत कायम भएको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको हो । उक्त बोनस शेयर बैंकले शेयरधनीको डिम्याट खातामा पठाइसकेको छ । गत पुस २८ गतेसम्म अभौतिकीकरण गराएका शेयरधनीको डिम्याट खातामा बोनस शेयर पठाइसकेको छ ।

उक्त मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरूको हकमा पनि क्रमशः शेयर पठाउने र हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्र हितग्राही खातामै बोनस शेयर जम्मा हुने बैंकले जानकारी गराएको छ  ।

निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको सेतो मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ८० दशमलव १८ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ११ दशमलव ६१ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ ।

यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयर मूल्य रु. २६३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २४४ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो शेयर मूल्य ६१ दिनयताकै उच्च हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्