ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तीन ओटा कम्पनीको साधारण सभा शुक्रवार हुँदै 

२०७७ चैत, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २६, काठमाडौं ।  तीन ओटा अलग - अलग कम्पनीको साधारण सभा शुक्रवार हुने भएको छ ।

नेपाल इन्स्योरेन्स, याक एण्ड यती होटल र नेशनल हाइड्रोपावर कम्पनीले साधारण सभा गर्न लागेका हुन् । नेपाल इन्स्योरेन्स कम्पनीले सभा एयरपोर्ट होटल सिनामंगलमा बिहान ११ बजे गर्न लागेको बताएको छ ।

सभाले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत चैत १६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।त्यसैगरी याक एण्ड यती होटलले कम्पनीको रजिष्टर्ड कार्यालय लालदरबारमा दिउँसो ३ बजे साधारण सभा गर्ने बताएको छ ।

सभाले आव २०७५/ ७६ र २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । नेशनल हाइड्रोपावर कम्पनीले डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ ।

सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्