चैत २६, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् ।
संस्थापक शेयरधनीहरुको तर्फबाट प्रभु नारायण चौधरी, कमल प्रसाद बस्याल, भानुभक्त निरौला र रोशन कुमार मंडर तथा सर्वसाधारण शेयरधनीको तर्फबाट शर्मिला राई र निमानन्द कडेंल निर्विरोध निर्वाचित भएका हुन् ।
कम्पनीको चैत २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका हुन् ।