चैत २६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य उच्च वृद्धि भएको छ ।
कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९४ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता रू. १ हजार ४०५ पुगेको हो । विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो ।
स्वदेशी लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त एक आपसमा मर्जर भएपछि एनआईसी एशिया लघुवित्तको नाममा गत चैत १८ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको हो ।
एक आपसमा मर्जर पश्चात पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले रू. ७६५ दशमलव १२ तोेकेको थियो ।
बिहीवार यो समाचार तयार पार्दाको समय ११ : २८ बजेसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ८ लाख ६१ हजार ५२६ कित्ता खरीद माग छ भने विक्रेता संख्या भने शून्य रहेको छ ।