चैत २६, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने अन्तिम दिन बिहीवार बैंकिङ्ग समयसम्म रहेको छ ।
कम्पनीले नागरिक लगानी कोषको १ लाख ३ हजार ७०० कित्ता संस्थापक शेयर गत चैत ११ गतेदेखि लिलामीमा विक्री खुला गरेको थियो । कोषको न्यूनतम शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताले विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नक्साल र प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय नक्सालबाट आवेदन दिन सक्नेछन् ।