ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बिहीवार एकैदिन तोलामा १ हजारले बढ्यो सुनको मूल्य

२०७७ चैत, २६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २६, काठमाडौं । नेपाली बजारमा बिहीवार पनि सुनको मूल्य उकालो लागेको छ । स्थानिय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ५०० ले बढेको सुनको भाउ बिहीवार रू. १ हजारले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ८९ हजारमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८८ हजारमा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. १ हजारले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८८ हजार ५५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ८७ हजार ५५० मा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला रू. १ हजार २४५ मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. १ हजार २६० खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू. १५ ले बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्