ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सर्वाधिक खरीद चापसँगै ज्योति लाईफ इन्स्योरेन्सको शेयर मूल्य सर्किट लेभलमा वृद्धि

२०७७ चैत, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २६, काठमाडौं । बुधवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार शुरु भएको ज्योति लाईफ इन्स्योरेन्सको शेयर खरीद माग बिहीवार पनि सबैभन्दा बढी रहेको छ । 

दोस्रो कारोबार दिन बिहीवार कारोबारको एक घण्टाको अवधिसम्म १२ हजार ५०० जनाबाट १५ लाख ८३ हजार ७०८ कित्ताको शेयर खरीद  माग रहेको छ ।

खरीद चाप उच्च हुँदा कम्पनीको शेयरमूल्य पनि उच्च दरमा बढेको छ । यस अवधिसम्म कम्पनीको शेयरमूल्य ९ दशमलव शून्य २ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. ४२३ पुगेको छ । 

कम्पनीको शेयर कारोबार प्रतिकित्ता रू. ३६० देखि खुलेको हो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. १२० दशमलव २९ देखि ३६० दशमलव ८७ तोकेको थियो । 
 यसैवीच, रिलायन्स फाइनान्सको शेयरमूल्य पनि बिहीवार ९ प्रतिशतभन्दा बढीले वृद्धि  भएको छ ।

कम्पनीको शेयरमूल्य ९ दशमलव ६८ प्रतिशत बढेको हो । यो दिन एक घण्टाको कारोबार अवधिसम्म उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २७ ले बढेर अन्तिम मूल्य रू. ३०६ कायम भएको छ ।

सो अवधिसम्म कम्पनीको शेयर खरीद चाप उच्च रहेको छ । ४१ हजार ९ कित्ता शेयर खरीद माग हुँदा १२ हजार ९२३ कित्ता शेयर विक्री माग रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्