ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन पहिलो घण्टामा ०.४२% ले बढ्यो नेप्से (१२ बजेको अपडेट)

२०७७ चैत, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ११ दशमलव २७ अंकले बढेर २ हजार ६८२ दशमलव ८८ विन्दुमा पुगेको छ ।   

२ हजार ६९० दशमलव २८ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ४२ प्रतिशतले बढेको हो ।

पहिलो घण्टाको अवधिमा १९० ओटा कम्पनीको १३ हजार १६० पटकको कारोबारमा १८ लाख ५८ हजार १२० कित्ता शेयरको रू. १ अर्ब २ करोड १४ लाख ८८ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा एनआईसी एशिया लघुवित्त, रिलायन्स फाइनान्स र ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, र लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १४ करोड १३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ९०९ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्