चैत २६, मुंबई । सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी) ले रिलायन्स इन्डस्ट्रिजका बर्तमान तथा पूर्वसंस्थापक शेयरधनीहरुलाई २५ करोड भारु जरिवाना गरेको छ ।
कम्पनीका संस्थापक इसमें मुकेश अंबानी, अनिल अंबानी, उनको आमा कोकिलाबेन, श्रीमति, बच्चा तथा केहि नातेदार रहेका छन् । सेबीले यो विद्यमान कानूनी नियम उल्लंघन गरेको भन्दै जरिवाना भएको बताएको छ ।
इकोनोमिक्स टाइम्सका अनुसार सन २००० को जनवरीमा कम्पनीले ३८ इकाई बराबर १२ करोड भारुको इक्विटी शेयर जारी गरेको थियो ।
तर नियामकले कम्पनीको ६ दशमलव ८३ प्रतिशत हिस्सेदारी कम्पनीका संस्थापकले खरीद गरिसकेका थिए । यो पनि सवै संस्थापकको सहमतिमा भएको थियो । तर यो गर्नु अधिकतम ५ प्रतिशतसम्मको कानूनी सिमा उल्लंघन थियो ।
सेबीले सन २००२को जनवरिमा प्राप्त एस गुरुमूर्तिको उजरीपत्रको आधारमा थप छानविन हुँदा यस्तो रहस्य खुलेको थाहा पाएको थियो ।
सेबीको नियम अनुसार यदि कुनै संस्थापक शेयर धनीले कुनै वित्त वर्षमा ५ प्रतिशतभन्दा धेरै भोटिंग अधिकार प्राप्त गर्छ भने उसले सार्वजनिक घोषणा गर्नुपर्दछ । गत बुधवारमात्रै सेवीले कम्पनीका संस्थापक शेयरधनीलाई दोषि ठहर्याउँदै जरिवाना गर्ने निर्णय गरेको हो ।
सन् २०११को फेब्रुअरीमा सेबीले कम्पनीका संस्थापक शेयरधनीलाई कारणदेखाउ पत्र काटेको थियो । त्यसको लगत्तै सेबीले सन् २०२० को मे १५ मा कम्पनीको सेटलमेन्ट आवेदन खारेज गरेको थियो । एजेन्सी