चैत २६, काठमाडौं । बिहीवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३ दशमलव शून्य ६ अंकले बढेर २ हजार ६७४ दशमलव ६७ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको हो ।
दोस्रो घण्टाको अवधिमा २०२ ओटा कम्पनीको रू. २ अर्ब ४८ करोड २० लाख ५० हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको दोस्रो घण्टामा एनआईसी एशिया लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९४ र ९ दशमलव शून्य २ प्रतिशतले बढेको छ ।
यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २२ करोड ७८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ९०३ मा कारोबार भइरहेको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, वित्त, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ । जसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २ दशमलव शून्य १ प्रतिशतले बढेको छ ।