ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

करीब ४ अर्बको कारोबार भएको बजारमा ४ ओटा कम्पनीको शेयरमूल्य ९% भन्दा बढीले वृद्धि (२ बजेको अपडेट)

२०७७ चैत, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २६, काठमाडौं । बिहीवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ६ दशमलव १७ अंकले बढेर २ हजार ६७७ दशमलव ७८ विन्दुमा पुगेको छ । 

शून्य दशमलव २३ प्रतिशतले बढेको बजारमा २०४ ओटा कम्पनीको रू. ३ अर्ब ९१ करोड ८१ लाख ७६ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, जलविद्युत्, निर्जीवन बीमा, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी होटल्स तथा पर्यटन, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ । जसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव ९५ प्रतिशतले बढेको छ ।

कारोबारको तेस्रो घण्टामा एनआईसी एशिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स र रिलायन्स फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २६ करोड ७९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८९९ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा चन्द्रागिरी हिल्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. २ हजार ६७५ मा रू. १६ करोड ९४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्