चैत २६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसमा सदस्य (सांसद) रहेका चार सदस्य पदमुक्त भएका छ ।
प्रतिनिधिसभाको बिहीवार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।
सभामुख सापकोटाले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले सघीय संसद सचिवालयमा निवेदन दिएकाले पदरिक्त रहेको जानकारी गराए ।
उनीहरु राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम पद रिक्त रहेको भएको घोषणा गरिएको हो । रासस