चैत २६, काठमाडौं । साताको अन्तिम कारोबार दिन दुुई ओटा कम्पनीको शेयरमूल्य उच्च गिरावट आएको छ । यूनिभर्सल पावर कम्पनीको शेयरमूल्य ४ दशमलव ४२ प्रतिशत र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४ दशमलव १७ प्रतिशतले कमी आएको हो ।
यूनिभर्सल पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १७३ र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर मूल्य रू. ५०६ कायम भएको छ ।
यी दुवै कम्पनीको शेयरमूल्य विगत ४ दिनदेखि सर्किट लेवलमा वृद्धि हुँदै आएको थियो । शेयरमूल्य बढेसँगै लगानीकर्ता प्रोफिट बुक गर्न लागेपछि शेयर मूल्यमा उच्च गिरावट आएको हो ।