ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पेचिङको अर्बपति जनसंख्या विश्वका अन्य शहरमध्ये उच्च 

२०७७ चैत, २६  
अन्तरराष्ट्रिय
Image Not Found

चैत २६, पेचिङ (चीन) । चीनको राजधानी पेचिङमा विश्वको अन्य कुनै पनि शहरमा भएको भन्दा धेरै अर्बपति जनसंख्या छ । 

भर्खरै अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिहरुको सूचीले यस्तो देखाएको छ । पेचिङमा गत वर्ष ३३ जना अर्बपति थपिएका छन् । 

योसँगै त्यहाँ अर्बपतिको संख्या १०० पुगेको पत्रिकाले बताएको छ । योसँगै विगत सात वर्षदेखि सर्वाधिक अर्बपति भएको शहरका रुपमा रहँदै आएको न्यूयोर्क झिनो अन्तरले पछाडि परेको छ । न्यूयोर्कमा गत वर्ष अर्बपतिको संख्या ९९ जना थिए । 

चीनले छिट्टै कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सफल हुनु, प्रविधि कम्पनीको उदय र शेयर बजारमा भएको उछाल आदिका कारण पनि अर्बपतिको संख्या बढेको हो ।

अर्बपतिको संख्या पेचिङमा धेरै भएपनि एक मुष्ठ सम्पत्ति भने न्यूयोर्कको धेरै छ । पेचिङको तुलनामा न्यूयोर्कको अर्बपतिहरुको कुल नेटवर्थ ८० अर्ब डलर धेरै छ । 

पेचिङको सबैभन्दा धनी व्यक्ति भिडियो शेयरिङ एप टिकटकका संस्थापक तथा यसको मातृ कम्पनी बाइट डान्सको प्रमुख कार्यकारी अधिकृत चाङ यिमिङ हुन् । उनको नेटवर्थ दोब्बर भएर ३५ अर्ब ६० करोड डलरमा पुगेको छ । उता न्यूयोर्कको सर्वाधिक धनी बासिन्दा पूर्ब मेयर माइकल ब्लुम्बर्गको नेटवर्थ ५९ अर्ब डलर छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्