ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वीरगञ्जमा सुपरस्प्यासिलिटी सेवासहितको स्पर्स हस्पिटल सञ्चालनमा आउने

२०७७ चैत, २६  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

चैत २६, वीरगञ्ज । वीरगञ्जमा सुपरस्प्यासिलिटी सेवासहितको अस्पताल सञ्चालनमा आउने भएको छ ।

स्थानीय बहुअरीमा स्पर्स मल्टिस्प्यासिलिटी हस्पिटल स्थापना भएको हो । आउँदो वैशाख तेस्रो सातादेखि सेवा शुरू गर्ने तयारी भइरहेको अस्पताल व्यवस्थापनले बताएको छ । वीरगञ्जकै युवा चिकित्सकहरूको समूहले सञ्चालनमा ल्याउन लागेको हो ।

अस्पतालको भौतिक निर्माणको कार्य अन्तिम चरणमा पुगको अस्पतालका निर्देशक डा महेश्वरप्रसाद कुर्मीले बताए । आउँदो वैशाख महीनामै अस्पतालबाट सेवा दिने लक्ष्यअनुुसार काम अघि बढिरहेको कुर्मीले जानकारी दिए । ‘अस्पतालको पूर्वाधारको काम करीब सकिइसकेको छ ।

सीमावर्ती शहर वीरगञ्जमा स्वास्थ्य उपचारका क्षेत्रमा सुपरस्प्यासिलिटी सेवाको अभाव पूरा गर्न ८ जना चिकित्सकहरूको अगुवाइमा अस्पताल स्थापना भएको हो । अस्पतालमा ब्रेन तथा नशा रोग, पेटसम्बन्धी समस्या, बाल तथा नवजात शिशु रोग, मधुेमेह, थाइराइड, मिर्गौला तथा मुत्रनली, हाडजोर्नी, महिला तथा प्रसुती समस्याको उपचार सेवा दिइने डा कुर्मीले जानकारी दिए । 

अस्पतालमा मुटुरोग, नाक, कान घाँटीसम्बन्धी स्वास्थ्य समस्याको पनि उपचार सेवा उपलब्ध हुने अस्पतालले बताएको छ । प्रदेश नं २ मा विशिष्ट स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालनमा आउन लागेको अस्पतालले आवश्यकताअनुसार काठकाडौंलगायतका स्थानबाट चिकित्सक झिकाएर सेवा उपलब्ध गराउने योजना राखेको छ । 

क्यान्सरका बिरामीहरूलाई केमोथेरापीको सेवासमेत उपलब्ध गराउने भएको छ । अहिले वीरगञ्जमा यो सेवा नहुँदा बिरामीहरू चितवन र काठमाडौं धाउनुपर्ने बाध्यता छ । 

विगतमा बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन र सर्लाही जिल्लाबाट बिरामीहरू उपचारका लागि वीरगञ्ज आउने गरेकोमा अहिले यहाँबाट अन्यत्र जाने गरेका छन् । वीरगञ्जमा उपचार सेवा भरपर्दो नभएकाले बिरामी बाहिर गइरहेको बुझेका चिकित्सकहरूको सहकार्यमा यो अस्पताल सञ्चालनको योजना बनेको हो । 
वीरगञ्जमा स्तरीय सेवा दिएमा भारतको पूर्वी चम्पारणबाट पनि सेवाग्राही आउने विश्वास चिकित्सकहरूको छ ।

‘यो अस्पताललाई सेवा र सुविधामा प्रदेश २ कै नमूना बनाउने उद्देश्य राखेका छौं,’ डा कुर्मीले भने । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्