ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नागरिक लगानी कोषको संस्थापक शेयर खरीद गर्ने अवधि सकियो  

२०७७ चैत, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २६, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले विक्रीमा ल्याएको आफ्नो स्वामित्वमा रहेको नागरिक लगानीकोषको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने अवधि सकिएको छ । 

कम्पनीले चैत ११ गतेदेखि २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी नागरिक लगानी कोषको १ लाख ३ हजार ७०० कित्ता शेयर विक्री गरेको हो ।  

यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार ३५० तोकिएको छ । सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश भएको बोलपत्र मात्र बाँडफाँटमा समावेश गरिने कम्पनीको भनाइ छ । तोकिएको भन्दा कम मूल्य अंकित गर्नेको बोलपत्र बाँडफाँटमा समेटिने छैन । 

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । रितपूर्वकको सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिने समेत कम्पनीले प्रष्ट पारेको छ । यो शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्