ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमेरिकाको व्यापार घाटा कीर्तिमानी उचाईमा 

२०७७ चैत, २६  
अन्तरराष्ट्रिय
Image Not Found

चैत २६, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको व्यापार घाटा अहिलेसम्मकै उच्च विन्दुमा उक्लिएको छ । 

यस वर्षको फेब्रुअरीमा विश्वका अन्य ठूला अर्थतन्त्रको तुलनामा अमेरिकाको आर्थिक गतिविधिमा तीव्र सुधार आएसँगै व्यापार घाटा बढेको हो । कोरोना भाइरसको संक्रमण विरोधी खोप लगाउने कार्यक्रम अगाडि बढिरहेको र घरेलु मागलाई टेवा दिन ह्वाइट हाउसले ल्याएको १९ खर्ब डलर बराबरको राहत प्याकेजका कारण अर्थतन्त्रमा तीव्र पुनर्बहाली भइरहेको छ ।

गत हप्ता मात्रै राष्ट्रपति जो बाइडेनले २० खर्ब डलर बराबरको पूर्वाधार योजना प्रस्ताव गरेका छन् । यसले पनि आयात बढाउने र आर्थिक वृद्धिदर थप उकास्ने अपेक्षा गरिएको छ । 

वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा व्यापार घाटा ४ दशमलव ८ प्रतिशतले बढेर ७१ अर्ब १० करोड डलरको कीर्तिमानी उचाईमा पुगेको छ । समीक्षा अवधिमा बाँकी विश्वसँगको व्यापारमा अमेरिकाले ७० अर्ब ५० करोड डलर घाटा बेहोर्ने समाचार संस्था रोयटर्सको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरुले बताएका थिए ।

समीक्षा अवधिको घाटा एकै महीनामा देखिएको अहिलेसम्म ठूलो हो ।  समीक्षा अवधिमा निर्यात २  दशमलव ६ प्रतिशतले घटेर १ खर्ब ८७ अर्ब ३० करोड डलरमा आउँदा आयात पनि शून्य दशमलव ७ प्रतिशतको कमीसहित २ खर्ब ५८ अर्ब ३० करोड डलरमा समेटिएको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्